ad ad

राजनीति


प्रस्तावित मन्त्रालयबारे अरगरियाको असन्तुष्टि, भन्छन्– म गोजिको कार्यकर्ता होइन

प्रस्तावित मन्त्रालयबारे अरगरियाको असन्तुष्टि, भन्छन्– म गोजिको कार्यकर्ता होइन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ८:३१,

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट मन्त्री बनाउन लागिएको भनिएका उमाशंकर अरगरियाले भने आफूलाई त्यसबारे जानकारी नभएको दाबी गरेका छन्।

नेपालखबरसँग कुरा गर्दे अरगरियाले सरकारमा सहभागिताको विषयमा पार्टीले आफूलाई कुनै जानकारी नदिएको बताए।

तर, आफूलाई युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको भन्ने मिडियाबाट सुनेको उनले बताए।

‘पार्टीबाट अहिलेसम्म कुनै जानकारी आएको छैन,’ अरगरियाले भने, ‘मिडियाबाट सुनेँ खेलकूद मन्त्रालय मलाई दिइएको छ रे।’

जसपाकै अर्का एक नेताका अनुसार अरगरियाले आफूलाई खेलकूद मन्त्रालयको जिम्मेवारी दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

‘पार्टी सिष्टममा चल्ने हो, अहिलेसम्म सरकारमा सहभागिताबारे कुनै छलफल भएको छैन,’ अरगरियाले नेपालखबरसँग भने, ‘महन्थजीसँग म हरेक छलफलमा सँगै हुन्छु तर यसबारे कसैले केही बताएको छैन, विनासल्लाह आफ्नोबारे निर्णय हुने पार्टीमा आफू कसैको गोजीको कार्यकर्ता होइन।’

जिम्मेवारी दिए पनि पार्टीको सामूहिक छलफलबाट निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए।

‘पार्टीमा सिष्टम लागू हुनुपर्छ। कसैले टीका लगाएर गरिने आग्रहमा मेरो समर्थन हुँदैन, मलाई लाग्छ सरकारमा को को जाने र के मन्त्रालय पाउने भन्ने निर्णय भएको छैन,’ अरगरियाले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .