ad ad

कारोबार


चार देशकाे नियमित उडान तालिका सार्वजनिक, कहाँ कहिले?

चार देशकाे नियमित उडान तालिका सार्वजनिक, कहाँ कहिले?

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ८:२२,

चार देशका नियमित उडान हुने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १८ गतेबाट लागू हुने गरी नै तालिका सार्वजनिक गरिएको हो।

मन्त्रालयका अनुसार टर्किस एयरलाइन्सले इस्तानबुल–काठमाडौं–इस्तानबुल उडान हुँदै छ।

त्यसैगरी नेपाल एयरलाइन्सले काठमाडौं–दोहा–काठमाडौं प्रत्येक सोमबार र काठमाडौं–दिल्ली–काठमाडौं प्रत्येक बुधबार उडान हुँदै छ।

कतार एयरवेजले दोहा–काठमाडौं–दोहा प्रत्येक सोमबार उडान हुने मन्त्रालयले जनाएको छ। एयर इन्डियाले दिल्ली–काठमाडौं–दिल्ली प्रत्येक शुक्रबार उडान भर्नेगरी मन्त्रालयले अनुमति दिएको जानकारी दिएको छ।

चीनबाट हिमालय एयरलाइन्स र चिनियाँ एयरलाइन्सले हप्ताको एक एक उडान गर्न पाउने भए पनि तालिका सार्वजनिक भएको छैन।

सरकारले विदेशबाट आउने सबैलाई १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने बताएको छ। सरकारले यसअघि नै होटलहरुको सूची सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .