बेलायतस्थित नेपाली राजदूतावासले त्यहाँको पत्रिका डेलिमेललाई कोरोना भाइरसको ‘नेपाली भेरिएन्ट’ भेटिएको भन्ने तथ्यहीन समाचार सच्याउन आग्रह गरेको छ।
डेलिमेल पत्रिकारले नेपालमा विकसित कोरोनाको नयाँ भेरिएन्ट बेलायतमा फेला परेको भनी प्रमुख शीर्षकमा समाचार छापेको थियो। जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत गलत साबित गरिसकेको छ।
यो पनि : डब्लूएचओ भन्छः नेपालमा कोरोनाको छुट्टै भेरियन्ट देखा परेको थाहा छैन
यसै क्रममा लन्डनस्थित नेपाली राजदूतावासले डेलिमेल पत्रिकालाई नेपालमा कोरोनाको नयाँ भेरिएन्ट विकास भएको भन्ने आधारहीन खबर सच्याउन आग्रह गर्दै पत्र पठाएको हो।
नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले आधारहीन समाचारको खण्डन गर्दै त्यो सच्याउन डेलिमेललाई पत्र पठाएको छ।’


प्रतिक्रिया