अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एशियाली मुलुकलाई कोभिड खोप सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड१९ भ्याक्सिन प्राप्त गर्ने अमेरिकी दूतावासले जनाएको छ। नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ।
गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन्।
कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगबारे उल्लेख गर्दै राष्ट्रपति बाइडेनले हामी सबै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने विश्वास लिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया