राजनीति


माधव नेपाल पक्षको छलफलमा घनश्याम, सुरेन्द्र, गोकर्ण र योगेश पनि सहभागी

माधव नेपाल पक्षको छलफलमा घनश्याम, सुरेन्द्र, गोकर्ण र योगेश पनि सहभागी

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ७:३३,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेका आफूपक्षीय केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक आयोजना गरेका छन्।

सो भर्चुअल बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षसँग पनि निरन्तर संवादमा रहेका चार प्रभावशाली नेताहरु पनि सहभागी भएका छन्।

अनलाइन माध्यमबाट भएको छलफलमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफ्ना धारणा राखिसकेका छन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार छलफलमा संलग्न नेताहरुले नेता नेपालको जानकारीमै ओली पक्षसँग छलफल भइरहेको जानकारी गराएका थिए।

‘एमालेको एकताका लागि इमान्दारितापूर्ण प्रयास राख्नुपर्छ भन्ने धारणा हो। अहिलेको संवादको विषयमा माधव कमरेडलाई पनि जानकारी नै छ। अन्तिम समयसम्म हामीले इमान्दारितापूर्वक प्रयास जारी राखौं। नभए सामूहिक निर्णय गरेर जाने विषय छँदै छ,’ पाण्डे र भूसालले राखेका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

आफ्नो तर्फबाट इमान्दार प्रयास गर्दा अध्यक्ष ओलीले पनि इमान्दार प्रयास गर्छन वा गर्दैनन् त्यो विचार गरिने उनीहरुले बताएका थिए।

अर्का नेता भीम रावलले भने वार्तामा टोलीका संयोजकलाई नै कारवाही गरेर निकालेपछि त्यो वार्ता भंग भएको मानिन्छ।

यो पनिः एमाले एकताको प्रयास गर्दा मविरुद्ध भ्रम फैलाइयो– गोकर्ण विष्ट

एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षका संयोजक रावललाई एमालेले पार्टीबाट निष्काशन गरेको छ।

‘कुटनीतिक रुपमा पनि त्यस्तै हुन्छ,’ रावलले बैठकमा भने, ‘अहिले पनि साथीहरु छलफलमा हुनुहुन्छ। के भइरहेको छ उहाँहरुले नै बताउने कुरा हो।’

सो भर्चुअल बैठकमा योगेश भट्टराई र गोकर्ण विष्टले आफ्नो धारणा राख्न बाँकी रहेको ती सदस्यले बताए।

‘उहाँहरुले पनि आफ्नो धारणा राख्ने बताउनु भएको छ,’ उनले भने।

अहिले सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु ओली पक्षसँग ओली पक्षसँग सहमतिको प्रयासस्वरुप निरन्तर संवादमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad