ad ad

राजनीति


एमाले स्थायी कमिटीको निष्कर्ष : नेपाल पक्षका केहि नेता नफर्किने सम्भावना

एमाले स्थायी कमिटीको निष्कर्ष : नेपाल पक्षका केहि नेता नफर्किने सम्भावना

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ८:३७,

नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित भएका थिए।

‘आजको बैठकमा त्यसबारेमा छलफल भएको र त्यहाँ पार्टी भित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालिएको छ,’ ज्ञवालीले भने, ‘पार्टीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ।’

एमालेको पार्टीभित्र देखा परेको विवाद समाधानका लागि बनाइएको कार्यदल पुनर्गठन गर्ने संभावना रहेको उनले बताए।

‘साथीहरुकै कारण अब कार्यदल अस्तित्वमा छैन, आवश्यक पर्‍यो भने पुनर्गठन हुन्छ, ज्ञवालीले तर्क गरे, ‘तर, साथीहरुसँग छलफल चलिरहको छ।’

माधव नेपाल पक्षका सांसदहरु पार्टीमा संभावना निकै कम रहेको ज्ञवालीले बताए।
‘उहाँहरु शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन हिड्नुभएको छ, अब पार्टीमा फर्कने संभावना कम छ तै पनि हाम्रो जोड पार्टीभित्र फर्काउनेछ,’ ज्ञवाललीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .