सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलास छोड्न नमानेपछि दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरुले इजलास छाडेको घोषणा गरेका छन्।
गत शुक्रबार प्रधानन्यायाधीश राणाले गठन गरेको इजलासमा रहेका दुई न्यायाधीस केसी र श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठाउँदै इजलास छोड्न वकिलहरुले दबाब दिएका थिए ।
सो दबाबपछि इजलासमा रहने कि नरहने भन्ने निर्णय गर्ने जिम्मा उनीहरु दुईलाई दिइएको थियो ।
तर, मंगलबारको इजलासमा केसी र श्रेष्ठ दुबैले इजलास छोड्न नपर्ने निर्णय सुनाएका थिए।
उनीहरुले आफूहरुले इजलास छाड्नुपर्ने कारण नभएको जिकिर गरेका थिए। यसअघि आफूहरुसँग जोडिएको मुद्दा र अहिलेको मुद्दा फरक भएकोले फैसला र न्यायमा कुनै असर नपर्ने उनीहरुको दाबी छ।
यो पनिः न्यायाधीशहरुको राय बाझियो, प्रधानन्यायाधीशले भने– अब इजलास पुनर्गठन हुन्छ
तर कार्की र भट्टराईले भने न्यायाधीशमाथि रिट निवेदकले नै प्रश्न उठाएको, यो इजलासबाट आउने न्याय निसाफमै आशंका गरेको हुँदा आफूहरु दुई जना त्यस्तो इजलासमा नबस्ने निर्णय सुनाएका थिए। दुई जनाको तर्फबाट भट्टराईले इजलासबाटै सो निर्णय सुनाएका हुन्।
‘अहिले हामी नबस्ने निर्णय गरेका छौं। प्रधानन्यायाधीशले इजलास पुनर्गठन गर्दा राखेमा बस्नेछौं,’ भट्टराईले भने।
दुई जना न्यायाधीशले नै गम्भीर प्रश्न उठाउँदै इजलास छाड्ने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जेठ २३ गते संवैधानिक इजलाश पुनर्गठन गर्ने घोषणा गरेका थिए।
न्यायाधीशद्वय कार्की र भट्टराईको रायः






प्रतिक्रिया