राजनीति


संवैधानिक इजलास पुनर्गठन माग गर्न प्रधानन्यायाधीश भेट्दै सर्वाेच्च बारको टोली

संवैधानिक इजलास पुनर्गठन माग गर्न प्रधानन्यायाधीश भेट्दै सर्वाेच्च बारको टोली

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ५:२७,

संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइ गर्न बनेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि यस विषयमा पुनःविचार गर्न माग गर्दै सर्वाेच्च अदालत बार एसोसिएसनको टोलीले अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्दै छ।

सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश भेट्न आफूहरू अदालत जाँदै गरेको नेपालखबरलाई जानकारी दिए।

संसद् विघटनविरुद्धको बहसमा सहभागी वकिलले संवैधानिक इजलासमा रहेका ५ जनामध्ये न्यायाधीशद्वय तेजबहादुर र केसी र बमकुमार श्रेष्ठको निष्पक्षतामा प्रश्न उठाउँदै उनीहरूलाई इजलासबाट हटाउनुपर्ने माग गरेका छन्।

तर प्रधानान्यायाधीश जबराले स्वनिर्णय गर्न दिएका उनीहरूले इजलास नछाड्ने अडान लिएका कारण त्यही इजलासमा आज मुद्दाको सुनवाइ गर्ने तयारी भइरहेको छ।

त्यसअगाडि सर्वाेच्च अदालत बार एसोसिएनको टोलीले यस विषयमा पुनःविचार गर्न भन्दै प्रधानन्यायाधीश जबरालाई भेट्न लागेको हो।

यो पनि : इजलासमा प्रश्न उठाइएका न्यायाधीश नै राखेर मुद्दा सुनुवाइको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .