पाँच विपक्षी दलका नेताहरुले सरकार कामचलाउ हैसियतमा पुगिसकेको र यसले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम कारबाही गर्न नपाउने आवाज उठाएका छन्।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरिरहेको उनीहरुको आरोप छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको बैठकले सो धारणा व्यक्त गरेको हो।
‘सरकारका संविधान विपरितका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं,’ पाँच नेताद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ।
पाँच नेताले प्रधानमन्त्री ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरी नेपालको संविधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरेको आरोप दोहोर्याएका छन्।
वक्तव्य:


प्रतिक्रिया