एमाले सुदूरपश्चिम संसदीय दलले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्षका प्रदेश सांसद पठानसिंह बोहोरालाई २४ घन्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले सांसद बोहराले यही जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेका निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन भनेका हुन्।
सुदूरपश्चिम सरकारका पूर्वमन्त्रीसमेत रहेका बोहरालाई पत्र पठाउँदै समयसीमभित्र तथ्यपूर्ण जवाफ नदिए कारबाही गरिने चेतावनी पनि दिइएको छ।
सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाह माधव नेपाल पक्षका नेता हुन्।


3
Shares

प्रतिक्रिया