राजनीति


विपक्षी गठबन्धनको बैठक : बजेट असंवैधानिक, राजनीतिक लडाइँको तयारी गर्ने

विपक्षी गठबन्धनको बैठक : बजेट असंवैधानिक, राजनीतिक लडाइँको तयारी गर्ने

नेपालखबर
जेठ १६, २०७८ आइतबार ५:५४,

विपक्षी गठबन्धनले कोरोना महामारीको समयमा राजनीतिक लडाइँको तयारी गर्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बसेको विपक्षी दलका शीर्ष नेताहरूको बैठकले सरकारले अध्यादेश मार्फत पूर्ण बजेट ल्याए संविधान मिच्ने काम गरेको निष्कर्ष निकालेको छ।

बैठकमा कांग्रेसबाट सभापति देउवा तथा नेताहरू रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायत, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङलगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी थिए। साथै नेकपा एमालेले कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पनि बैठकमा सहभागी थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad