राजनीति


विप्लवको नेकपासहित १४ दलको आरोप: ओली इन्डो–अमेरिकी गठबन्धनको गोटी

विप्लवको नेकपासहित १४ दलको आरोप: ओली इन्डो–अमेरिकी गठबन्धनको गोटी

नेपालखबर
जेठ १६, २०७८ आइतबार ५:४३,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ दलले वर्तमान सरकार र व्यवस्थैविरुद्ध संयुक्त मोर्चा बनाएका छन्।

उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार यही जेठ १४ गते बसेको बैठकले संयुक्त मोर्चा गठन गरेको हो।

मोर्चाले देशको समस्या वर्तमान ओली सरकार मात्र नभएर प्रणाली नै रहेको ठहर गरेको छ। यसर्थ सरकार मात्र होइन, व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको भनाइ छ। जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा मोर्चामा आबद्ध दलले माग गरेका छन्।

यस्तै मोर्चाले प्रधानमन्त्री ओली इन्डो–अमेरिकी गठबन्धनको गोटी बनेको आरोप पनि लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन्। सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं।’

14dal bigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad