ad ad

राजनीति


५६ वर्षीय बेलायती प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिकासँग गरे सुटुक्क विवाह

५६ वर्षीय बेलायती प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिकासँग गरे सुटुक्क विवाह

नेपालखबर
जेठ १६, २०७८ आइतबार ३:५१,

बेलायतका प्रधानमन्त्री ५६ वर्षीय बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी युवतीसँग विवाह गरेका छन्।

बेलायती सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिका ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग शनिबार गुपचुप ढंगले विवाह गरेका हुन्।

johnson jodi

समाचारअनुासर वेस्टमिनस्टर क्याथेड्रलमा आयोजित उनको विवाहमा ३० जना मात्र सहभागी भएका थिए।

आफ्नै (प्रधानमन्त्री) कार्यालयका समेत सबैलाई जानकारी नदिइएको विवाहको तस्बिर विवाहमा सहभागीले सामाजिक सञ्जालमा राखेपछि प्रधानमन्त्री जोन्सनले विवाह गरेको खुलासा भएको हो।

प्रधानमन्त्री जोन्सनले यसअघि दुईपटक विवाह गरेका भए पनि दुवै पत्नीसँग डिभोर्स भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .