ad ad

राजनीति


गणतन्त्र दिवसमा रामकुमारी झाँक्रीद्वारा राष्ट्रपतिको आलोचना

गणतन्त्र दिवसमा रामकुमारी झाँक्रीद्वारा राष्ट्रपतिको आलोचना

नेपालखबर
जेठ १५, २०७८ शनिबार ६:३४,

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले गणतन्त्र दिवसका दिन शनिबार राष्ट्रपति विद्यादवी भण्डारीको आलोचना गरेकी छन्।

गणतन्त्र दिवसको शुभकामना दिँदै उनले राष्ट्रपति संस्था संविधानको संरक्षक भए पनि वर्तमान राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेकाले गणतन्त्रप्रति नै नकारात्मक भावना बढेको टिप्पणी गरेकी हुन्। 

विघटित संसदको सांसदसमेत रहेकी उनले भनेकी छन्, ‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो। जसले संविधान र कानुनको सीमा मिचेर कार्यकारीको रबर स्ट्याम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्रप्रति नै नकारात्मक भावना बढेको छ।’

गणतन्त्र जनताले लडेर ल्याएको व्यवस्था भएकाले व्यवस्थाको होइन, व्यक्तिको विकल्प खोज्नुपर्ने पनि उनले बताएकी छन्।

‘यो हामीले लडेर ल्याएको व्यवस्था हो,’ नेत्री झाँक्रीको सुझाव छ, ‘लोकतन्त्रमा व्यक्तिको विकल्प खोजौं, व्यवस्थाको होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते मध्यराति दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी छन्। जसविरुद्ध अहिले सर्वाेच्च अदालतमा मुद्दा चलिरहेको छ।

यसअघि पनि उनले गत पुस ५ गते संसद् भंग गरेकी थिइन्। तर त्यसविरुद्ध परेको रिट सुनुवाइ गर्दै गत फागुन ११ गते सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको फैसला सुनाएको थियो।

यसरी प्रधानमन्त्रीले गरेका सिफारिस तुरुन्त अनुमोदन गर्ने गरेकाले राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भएको आरोप लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .