राजनीति


राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ११:१७,

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

यसैबीच उक्त उपनिर्वाचनका सन्दर्भमा आज राति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ। मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन र प्रसारण गर्न नहुनेतर्फ हेक्का राख्न आयोगले सबैसँग अनुरोध गरेको छ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट चन्द्रबहादुर खड्का र विपक्षी दलहरुको गठबन्धनबाट दृघनारायण पाण्डे उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad