राष्ट्रिय सभाको उपनिर्वाचनबाट निर्वाचित डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार संघीय संसद सचिवालयमा डा. देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्।
वागमती प्रदेश अन्तर्गत रिक्त रहेको स्थानमा जेठ ६ गते भएको उपनिर्वाचनबाट उनी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउँदै निर्वाचित भएका थिए।
देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल–खनाल समूहको समर्थन रहेको थियो।
3
Shares

प्रतिक्रिया