समाज


पत्रकार न्यौपानेको निधनप्रति महासंघद्वारा दुःख प्रकट

पत्रकार न्यौपानेको निधनप्रति महासंघद्वारा दुःख प्रकट

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ९:०,

नेपाल पत्रकार महासंघले पत्रकार चन्द्रप्रसाद न्यौपानेको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ।

महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चका सदस्य तथा निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष न्यौपानेको कोरोना संक्रमणका कारण ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको स्वास्थ्यमा थप समस्या आएपछि केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो। स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन्।

इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर रहेका न्योपौने नेपाल विज्ञापन बोर्डको सदस्यसमेत थिए।

नेपालमा एफएम रेडियोको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका न्यौपानेको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र अनुभवी पत्रकार गुमाएको महासंघले जनाएको छ।

महासंघका अनुसार कोरोनाकै कारण हालसम्म १७ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन्।

महासंघले पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad