राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना संक्रमणविरुद्ध लड्न खोप प्रदान गर्ने घाेषणा गरेकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति आभार प्रकट गरेकी छन्।
बुधबार साँझ ट्वीट गरी राष्ट्रपति भण्डारीले समकक्षी सी र चिनियाँ जनताप्रति आभार प्रकट गरेकी हुन्।
चीनले बुधबार नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो।
त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग टेलिफोन वार्ता गरेकी थिइन्।
आज मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग कोभिड-१९ महामारीसँग लड्न आपसी सहयोगबारे टेलिफोन संवाद भयो । महामहिम सीले खोप उपलब्ध गराउनेबारे सुखद् सन्देश सहित चीनले नेपाललाई हाल थप दस लाख खोप उपलब्ध गराउने भएकोमा महामहिम सी र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) May 26, 2021

प्रतिक्रिया