देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीको सियारी गाँउपालिका–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्यचौकी भवन हस्तान्तरण गरेको छ।
अर्घाखाँची सिमेन्ट प्रालिले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर बुधबार हस्तान्तरण गरेको हो।
उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्रालिका निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरेका छन्।

सो अवसरमा अर्घाखाँची सिमेन्ट प्रालिका निर्देशक राजेश कुमार अग्रवालले भने, ‘मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्यचौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउछ भन्ने हामीले आशा राखेको छौँ। हामीले यो भवन जनहितर सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौं।’

उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया