ad ad

राजनीति


अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख रुपैयाँ सहयोग

अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख रुपैयाँ सहयोग

नेपालखबर
जेठ १२, २०७८ बुधबार ११:३,

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गरेका छन्।

अक्सिजन नपाउँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना संक्रमितले अकालमै ज्यान गुमाएका थिए। अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना संक्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताए।

उनले भने, ‘अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .