नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को फरेन्सिक विशेषज्ञले गरेको अध्ययनले कोरोना संक्रमितको मृत्यु भएको २४ घण्टापछि उसमा भाइरस जीवित नरहेको देखाएको छ।
अध्ययन क्रममा एम्सका चिकित्सकले सय जना कोरोना संक्रमितका शव परीक्षण गरेका थिए। ती शवको जाँच गर्दा कोरोना नेगेटिभ पाइएको चिकित्सकले बताएका छन्।
एम्सका फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शवबाट पनि भाइरस सर्छ भन्ने चर्चा चलेपछि तथ्य संकलन गरी पाइलट अध्ययन गरिएको थियो। उनले भनेका छन्, ‘यस क्रममा जुन मानिसको मृत्यु कोरोनाका कारण भएको थियो, त्यसको ठीक एक दिनपछि तिनको घाँटी र नाकबाट स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पाइएन।’
तर संक्रमितको मृत्यु भएको केही घण्टापछि शवबाट निस्किने तरल पदार्थबाट भने सावधान हुन जरुरी छ। यस विषयमा भातर सरकारले एम्स अस्पतालकै फरेन्सिक विशेषज्ञको सल्लाहबमोजिम गाइडलाइन बनाएको छ। अमर उजालाबाट

प्रतिक्रिया