नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुमाथि थप कारवाही गर्ने निर्णय हुने सम्भावना रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए।
नेपालसहितका ११ जना नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण बुझाएका छैनन्।
यस्तै पार्टी निर्देशनविपरीत विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर लगायतका विषयमा पनि बैठकमा छलफल हुने ती नेताले बताए।
‘माधव नेपाल लगायतका केही नेताहरुको थप कारवाहीबारे निर्णय हुने संभावना छ,’ ती स्थायी समिति सदस्यले भने, ‘आज सर्वाेच्च नै पुगेर नेपाल सहितका २३ जनाले हस्ताक्षर बुझाएका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिन्छ।’
3
Shares

प्रतिक्रिया