कोभिड-१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ।
प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए।
यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्यु भएको थियो।
काभ्रेपलाञ्चोकको खरेल थोक स्थायी ठेगाना भएका खरेलका श्रीमती, एक छोरी र एक छोरा छन्।

प्रतिक्रिया