राजनीति


कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोज्यो: प्रधानमन्त्री ओली

कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोज्यो: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ९, २०७८ आइतबार ८:५७,

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले पनि प्रचण्डपथ अपनाउन खोजेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले पनि माओवादी केन्द्रले लिएको कार्यदिशा प्रचण्डपथ अपनाएको आरोप लगाए।

‘आफूलाई प्रजातन्त्रिक भन्ने पार्टीले समेत प्रचण्डपथ अपनाउन खोज्यो,’ ओलीले भने।

माओवादी केन्द्रप्रति निकै आक्रोशित ओलीले हिंसाबाट सत्ता कब्जा गर्न नसकेको माओवादीले लोकतन्त्रलाई तहस नहस पार्न खोजेको आरोप लगाए।

‘हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिपूर्ण बाटोमा आए। हिंसाको बाटोबाट सत्ता कब्जा नभएपछि, ट्याक्टिकल मुभ (रणनीतिक चाल)बाट शान्तिपूर्ण ढंगले लोकतान्त्रिक बाटोमा आउने नीति लिएका हुन्,’ ओलीले थपे, ‘लोकतन्त्रलाई सिध्याउन लाग्नुभएको हो। संवैधानिक बाटोबाट नसकेपछि बलजफती सत्ता कब्जा गर्ने र तानाशाही रुपमा सत्ता चलाउने योजना असफल भएपछि लोकतन्त्रमा आए तर यहाँपनि विवाद सिर्जना गरेर लोकतन्त्र नै खतरामा पार्ने काम गरे।’

जनताको आदेशबाट सरकार चलाउने र शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad