राजनीति


अधिनायकवादी शैलीमा शासन गर्ने आकांक्षाका कारण प्रतिनिधि सभा विघटन : विवेकशील साझा

अधिनायकवादी शैलीमा शासन गर्ने आकांक्षाका कारण प्रतिनिधि सभा विघटन : विवेकशील साझा

नेपालखबर
जेठ ९, २०७८ आइतबार ८:५४,

विवेकशील साझा पार्टीले संसद् विघटन संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गर्ने आकांक्षाको निरन्तरता भएको जनाएको छ।

आइतबार एक विज्ञप्ति प्रकाशित गरी विवेकशील साझाले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विश्वास लिएको जनाएको छ।

‘कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधि, अक्सिजन, अस्पताल, शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो’ विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट छ।’

अहिलेको अवस्था आउनुमा प्रतिपक्षी दलहरु पनि जिम्मेवार रहेको भन्दै विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढंगबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad