राजनीति


कमल थापाको प्रश्नः के संविधानको धारा ७६ (५) ले सांसदलाई निर्दलीय बन्ने छुट दिएको हो?

कमल थापाको प्रश्नः के संविधानको धारा ७६ (५) ले सांसदलाई निर्दलीय बन्ने छुट दिएको हो?

नेपालखबर
जेठ ९, २०७८ आइतबार ६:५३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको संविधान धारा ७६ (५) बारे गम्भीर सवाल उठाएका छन्।

‘संविधानको धारा ७६ (५) ले सांसदहरुलाई निर्दलीय बन्न छुट दिएको हो?, विद्वानहरुसमक्ष सानो जिज्ञासा छ’, उनको प्रश्न छ, ‘दलीय अनुशासनविपरीत जाने स्वातन्त्रता दिएको हो?’

यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने अध्यक्ष थापाको तर्क छ।

उनले ट्विटरमा भनेका छन्, ‘कुनै दल सुरक्षित रहन्न, क्षणिक स्वार्थ मात्र नहेरौँ।’

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवा १४९ सांसदकाे हस्ताक्षरसहित र आफैँसँग १५३ सांसदको समर्थन रहेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेस गरेकामा राष्ट्रपतिले दुवै दाबी खारेज गरिदिएकी थिइन्।  

साे लगत्तै सरकारले संसद विघटन सिफारिस र  नयाँ निर्वाचनकाे मिति राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेकाे थियाे। त्याे सिफारिस सदर भएपछि कानुनविद र राजनीतिक दलका नेताले राष्ट्रपति र प्रधानमन्त्रीले गलत गरेकाे बताइरहेका बेला नेता थापाले धारा ७६ (५) काे व्यवस्थामाथि प्रश्न उठाएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad