राजनीति


सूर्य थापाको दाबी : हाम्रा सांसदसमेत देखाएर देउवा प्रधानमन्त्री बन्न खोजे

सूर्य थापाको दाबी : हाम्रा सांसदसमेत देखाएर देउवा प्रधानमन्त्री बन्न खोजे

नेपालखबर
जेठ ९, २०७८ आइतबार ६:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू (ओली पक्ष) का सांसद देखाएर गत शुक्रबार प्रधानमन्त्री पदको दाबी गरेको आरोप लगाएका छन्।

संविधानको धारा ७६ उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यलाई गत शुक्रबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री पद दाबी गर्न भनेपछि देउवाले एमालेका माधव नेपाल पक्षका २६ र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका १२ सांसदसमेत गरी १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पत्र पेस गरेका थिए।

तर प्रधानमन्त्री ओलीले पनि ती सांसदसमेत आफ्नै पक्षमा रहेको दलगत पत्र पेस गर्दै आफूलाई १५३ जनाको समर्थन रहेको भनेपछि राष्ट्रपतिले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गर्दै त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रतिनिधि सभासमेत विघटन गराएकी हुन्।

जसको विरोधमा अहिले नेपाली कांग्रेससहितका विपक्षी दलले मोर्चाबन्दी गरेका छन्।

यसै सन्दर्भमा ओलीका अत्यन्तै निकट सूर्य थापाले देउवाले अरू (ओली पक्ष) का सांसदसमेत देखाएर प्रधानमन्त्री दाबी गरेको भन्दै आइतबार बिहान सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्।

suryadabi

थापाले यस्तो दाबी गरे पनि एमालेको माधव नेपाल पक्ष ओली समूहबाट अलग हुने अन्तिम चरणमा पुगिसकेको छ भने जसपाको यादव–भट्टराई पक्ष ओलीको विकल्प खोज्नैपर्ने दौडधुपमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad