राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दा नेविसंघ नेता पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्दा नेविसंघ नेता पक्राउ

नेपालखबर
जेठ ९, २०७८ आइतबार ५:४७,

संसद् विघटन गरेको भनेर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन क्रममा नेता त्रिपाठीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

‘मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,’ नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad