राजनीति


माधव नेपालनिकट युवा नेता राईले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

माधव नेपालनिकट युवा नेता राईले दिए नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेपालखबर
जेठ ९, २०७८ आइतबार ४:७,

नेकपा (एमाले) का दुई पक्षबीच विवाद चर्किरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम राखिएको छ।

राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन्।

संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्।

राईले नेपालखबरसँग भने, ‘जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको छु। दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु।’

उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन्। कार्यसमिति २५ सदस्यीय छ।

स्रोतका अनुसार शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो।

एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ।

आइतबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकासँग अन्तर्वार्तामा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगिएको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिँदै जाँदा नेपाल पक्ष नयाँ दल खोल्नेसम्मका छलफल गरिरहेका छन्।

‘यो विवाद धेरै लामो समयदेखि चल्दै आएको छ। तल्लो तहका कार्यकर्ताबाट पनि नयाँ दल खोल्नका लागि दबाब  छ,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘ढिलोचाँडो नयाँ दल खुल्छ। अहिलेको संरचना पनि त्यसैको अभ्यास हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad