नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध व्यंग्य गरेका छन्।
पुनः प्रतिनिधि सभा विघटन गरेपछि आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असुहाउँदो आरोप लगाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले देउवा, प्रचण्ड र यादवविरुद्ध कटाक्ष गरेका हुन्।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले व्यंग्य गरेका छन्, ‘देउवाजीले प्रतिगमनको, प्रचण्डजीले तानाशाहको र उपेन्द्रजीले संविधान कुल्चेको आरोप प्रधानमन्त्रीमाथि लगाउँदा कस्तो कस्तो लाग्ने...।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत शुक्रबार मध्यराति पुनः प्रतिनिधि सभा विघटन गराएका छन्। यसअघि पनि उनले गत पुस ५ गते संसद् विघटन गराएका थिए तर सर्वाेच्च अदालतले उनको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको थियो।
अहिले पनि विपक्षी दलका नेताहरूले ओलीको प्रतिगामी कदमविरुद्ध राजनीतिकसहित कानुनी लडाइँ पनि लड्ने उद्घोष गरिसकेका छन्।
Shares

प्रतिक्रिया