राजनीति


संसद विघटनविरुद्ध विद्यार्थी संगठनद्वारा विरोधका कार्यक्रम सार्वजनिक

संसद विघटनविरुद्ध विद्यार्थी संगठनद्वारा विरोधका कार्यक्रम सार्वजनिक

नेपालखबर
जेठ ८, २०७८ शनिबार १३:३३,

विद्यार्थी संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधान र लोकतान्त्रिक गणतन्त्रमाथिको दमन भएको बताएका छन्।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै यो दमनलाई परास्त पार्नु पर्ने बताएका छन्।

 संसदलाई पटक पटक विघटन गरि नेपालको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खोजिएको भन्दै भत्सर्ना गरेका छन्।

'संविधानलाई मजाक र नाटक मंचन गर्दै संविधानमा लेखिएका धारालाई अपव्याख्या गर्दै संविधानलाई निकम्मा बनाउने यस्तो गलत कामबाट नेपालमा संवैधानिक संकट निर्माण गर्ने र जनताको शासन प्रणालीलाई प्रभु , राजा र महाराजको पोल्टामा पुर्याउन खोजिएको छ', विज्ञप्तिमा भनिएको छ।

देशले कोरोनाविरुद्धको भ्याक्सिन चाहेको बेला, अक्सिजन, अस्पतालको बेड मागेका बेला, चुनाव थोपर्ने प्रधानमन्त्री ओलीको संवेदनहिन, गैरजिम्मेवार, अराजनीतिक कार्य भएको उनीहरुको टिप्पणी छ।

 उनीहरुले संसद विघटनको विरोधमा विरोधका कार्यक्रम पनि सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, प्रतिगामी सरकारका मन्त्रीलाई, कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad