हङकङमा सुरक्षागार्डले नै खिचे सेलिब्रिटी महिलाको नग्न भिडिओ, पैसा माग्दा परे जेल

हङकङमा सुरक्षागार्डले नै खिचे सेलिब्रिटी महिलाको नग्न भिडिओ, पैसा माग्दा परे जेल

नेपालखबर
जेठ ८, २०७८ शनिबार १३:३१,

पक्राउ परेकामध्ये एक ती व्यापारी र महिलाकै पूर्व सुरक्षागार्ड भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रहरीले यतिबेला ती पूर्व सुरक्षागार्ड ५१ वर्षका वोङ हिन–चुङ, उनका साथीहरु ५८ वर्षका कोङ हुङ–कोङ र ४६ वर्षका माइकल सुई म्यान–किटलाई गिरफ्तार गरिसकेको छ।

उनीहरुलाई ब्ल्याकमेल गरेर पैसा अुल्ने कार्य गरेको अभियोगमा ७ वर्षसम्म जेल हुनसक्छ।

सुरक्षागार्ड वोङले वर्षौदेखि व्यापारी र सेलिब्रिटी महिलाको घरमा काम गरिरहेका थिए। एकदिन मौका छोपेर वोङले महिलाको अर्धनग्न बसेको भिडिओ बनाएका थिए।

सो भिडिओ उनले पहिल्यैबाट चिनेका साथी सुई म्यानलाई देखाएका थिए। तर उनीहरुले इन्टरनेटमा भने सो भिडिओ हालेनन्।

सन् २०१९ मा आर्थिक संकट आएपछि वोङले साथीहरुसँग सल्लाह गरेर आफ्ना पूर्व मालिक रहेको व्यापारीलाई वाट्सएपमा भिडिओ पठाएर पैसा मागेका थिए।

१० करोड हङकङ डलर दिन नभए भिडिओ इन्टरनेटमा हाल्दिने भएपछि व्यापरी पैसा दिन राजी भए ।

तर व्यापारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नै व्यापारीको एजेन्टको रुपमा काम गरेर पैसा दिने सहमति गर्दै उनीहरुसँग भेटेका थिए।

पैसाको विषयामा तीन महिना छलफल भएपछि अन्ततः ती पुरुषहरु पैसा लिन गएका थिए। प्रहरीले सोही क्रममा उनीहरुलाई पक्राउ गरेको थियो।

यतिबेला पुरै अनुसन्धानपछि अदालतले उनीहरु तीनै जनालाई दोषी ठहर गरेको हो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .