राजनीति


राष्ट्रपतिलाई गगन थापाको चेतावनीः महामहिम ! सुध्रिने यो अन्तिम मौका हो

राष्ट्रपतिलाई गगन थापाको चेतावनीः महामहिम ! सुध्रिने यो अन्तिम मौका हो

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १४:५७,

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई परिस्थितिले सुध्रिने अन्तिमपटक मौका दिएको बताएका छन्।

अन्यथा भीरबाट खस्ने..लाई राम राम मात्र भन्न सकिने चेतावनी सांसद थापाले दिएका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बहुमत १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री निर्वाचित गर्न दाबी पेस गरेका भए पनि यसअघि विश्वासको मत प्राप्त नहुने भन्दै एकैचोटि नयाँ सरकार गठनका लागि ‘मार्गप्रशस्त’ गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग झन् १५३ सांसद रहेको भन्दै दलीय रूपमा दाबी पेस गरेपछि राष्ट्रपतिले निर्णय दिएकी छैनन्।

यसै सन्दर्भमा नेता थापाले राष्ट्रपति भण्डारीलाई सुध्रिने अन्तिम मौका रहेको चेतावनी दिएका हुन्।

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको? प्रमले नै ‘म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५) को सरकार गठनको ढोका खोल्ने,’ सांसद थापाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ’राष्ट्रपतिले ‘विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आह्वान गर्ने। अब फेरि जालझेल!’

आफूसँग बहुमत छैन भनेर नयाँ सरकार गठनका लागि आह्वान गराइसकेपछि फेरि तिनै प्रधानमन्त्रीले बहुमतको दाबी गर्नु अवैधानिक र अनैतिक भएको टिप्पणी कांग्रेस नेता थापाले गरेका छन्।

‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगत मात्र होइन, अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ,’ नेता थापाले चेतावनी दिएका छन्, ‘महामहिमलाई परिस्थितिले अन्तिमपटक सुध्रिने मौका दिएको छ!! नभए भीरबाट खस्ने लाई राम राम।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad