राजनीति


राष्ट्रपतिसमक्ष ओलीको दाबी : १ सय ५३ सांसदको समर्थन मसँगै छ

राष्ट्रपतिसमक्ष ओलीको दाबी : १ सय ५३ सांसदको समर्थन मसँगै छ

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १०:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सांसदहरुको आफूलाई समर्थन रहेको भन्दै नयाँ सरकारको नेतृत्वको दाबी गरेका छन्।

उनले राष्ट्रपति कार्यालय शीतल निवास पुगी एमालेका १ सय २१, जनता समाजवादी पार्टीका ३२ सहित १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पत्र पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

तर ओलीले सांसदहरुको व्यक्तिगत हस्ताक्षर नभई दुवै पार्टीका संसदीय दलका नेताहरुको सहमतिका आधारमा दाबी गरेका छन्।

‘दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ,’ प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको समर्थन रहेको दाबीसहित राष्ट्रपति कार्यालय पुगिरहेका बेला प्रधानमन्त्री ओलीले पनि आफ्नो दाबी पेस गरेका हुन्।

देउवाले १ सय ४९ सांसदको व्यक्तिगत हस्ताक्षर नै लिई शीतलनिवास पुगेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad