प्रधानमन्त्री केपी शर्मा ओलीले समय नभएकैले संसदबाट विश्वासको मत नलिई संविधानको धारा ७६ (५) मा नयाँ सरकार बनाउन राष्ट्रपतिलाई पठाएको प्रतिक्रिया दिएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै ओलीले आफूले संसद छल्न नखोजेको दाबी गरेका हुन्।
‘हामीसँग समय छैन, विश्वासको मतमा पराजित भएर ५ मा जाने समय सुविधा हामीलाई छैन। ५ मै जाने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्तै गर्नु उचित मात्र होइन अत्यावश्यक भइसक्यो, ओलीले भने, ‘तसर्थ वैकल्पिक सरकार बनाउन गरिएको हो। छल्न खोजिएको होइन।’
यो एक वर्ष प्रधानमन्त्रीलाई पदबाट हटाउन खोजियो। उनले पुस ५ मा संसद विघटन गर्नुको कारण पनि खुलाए।
‘संसद थामिनसक्नु अवस्थामा पुग्यो। मैले प्रधानमन्त्रीको रुपमा मैले नयाँ सरकार बन्ने र सरकार काममा केन्द्रित हुने अवस्था देखिनँ’, उनले भने, ‘त्यही भएर ताजा जनादेशमा जाने निर्णयसहित पुस ५ मा संसद विघटन गरेँ।’
Shares

प्रतिक्रिया