राजनीति


नेपालमा कोरोना महामारी रोक्न अमेरिकाले तीव्ररुपमा काम गरिरहेको छः विदेशमन्त्री ब्लिन्केन

नेपालमा कोरोना महामारी रोक्न अमेरिकाले तीव्ररुपमा काम गरिरहेको छः विदेशमन्त्री ब्लिन्केन

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ४:२८,

अमेरिकाले नेपालमा व्यापकरुपमा फैलिरहेको कोरोना महामारी रोक्नका लागि तीव्ररुपमा समस्याको सम्बोधन गर्न सुरु गरेको बताएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यसै क्रममा अमेरिकाले पहिलो खेपका स्वास्थ्य सामग्री पठाइसकेको बताएका छन्।

उनले पहिलो खेपमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि अति महत्वपूर्ण हुने उपकरण तथा सामग्री पठाइएको र यसैगरी शृंखलावद्ध उडानमार्फत् नेपाललाई सामग्री पठाइने उनले जनाएका छन्।

ब्लिन्केनले नेपालमा कोभिड १९ को भएको बृद्धिपछि तीव्र रुपमा त्यो काम गरेको बताएका हुन् ।

‘हामीले नेपालमा ५ करोड डलर भन्दा बढि सहयोग गरिसकेका छौं,’ उनले भनेका छन्।

हिजो अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा आपतकालीन सहयोगका लागि स्वास्थ्य सामग्रीले भरिएको हवाइजहाज नेपाल पठाएको जनाएको थियो।

यूएसएडका अनुसार उसले पठाउन लागेका तीनमध्ये एक जहाज काठमाडौंका लागि छुटिसकेको हो।

सो जहाजमा स्वास्थ्यकर्मीका लागि सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा पठाइएको छ।

यो पनिः अमेरिकाबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं उड्यो जहाज

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले ८ करोड भ्याक्सिन विभिन्न मुलुकलाई प्रदान गर्ने भनी घोषणा गरेको केहि दिनलगत्तै नेपाललाई स्वास्थ्य सामग्री पठाउन थालेको छ। 

तर भ्याक्सिन वितरणमा नेपाल प्राथमिकतामा पर्छ कि पर्दैन भन्नेबारे भने अमेरिकी अधिकारीहरुले किटानका साथ केहि बताएका छैनन्।

त्यसबारे केहि हप्तामै थप जानकारी प्राप्त हुने उनीहरुको भनाइ छ।

यो पनिः

बाइडेनको ८ करोड खोप सहयोगमा के नेपाल प्राथमिकतामा पर्ला?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad