ad ad

राजनीति


कांग्रेसले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिको आह्वानबारे निर्णय लिने

कांग्रेसले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिको आह्वानबारे निर्णय लिने

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १७:२०,

नेपाली कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो।

बैठक शुक्रबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।

राष्ट्रपतिको उक्त आह्वान संविधान विपरीत र अलोकतान्त्रिक रहेको पनि कांग्रेसले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .