राजनीति


संसदको रक्षाका लागि कदम चाल्छौं : माओवादी केन्द्र

संसदको रक्षाका लागि कदम चाल्छौं : माओवादी केन्द्र

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १६:७,

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपतिले नयाँ सरकारका लागि आह्वान गर्नु संविधान अनुरुप नभएको बताएको छ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संविधानको उपदफा ४ को अभ्यास नगरी अर्को प्रक्रियामा जान नमिल्ने बताए।

'यो सदनबाट गर्नु पर्छ। कसैले मनखुसी ढंगले गर्न पाउँदैन। राष्ट्रपतिको कदम असंवैधानिक छ,' नेपालखबरसँग गुरुङले भने, 'सदनको रक्षाका लागि कदम चाल्छौं।'

प्रधानमन्त्री पदमुक्तको अवस्थामा राष्ट्रपतिको आह्वान असंवैधानिक भएको गुरुङले बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले नाटकीय ढंगमा २४ घण्टा भित्र प्रधानमंत्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान विपरित भएको बताइन्।

'प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो। देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति विडम्वना', उनले भनेकी छन्।

राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागि भोलीसम्मको समय दिएर आह्वान गरेकी छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad