राजनीति


राष्ट्रिय सभा उपनिर्वाचनमा ९७ प्रतिशत मत खस्यो, नतिजा आजै आउने

राष्ट्रिय सभा उपनिर्वाचनमा ९७ प्रतिशत मत खस्यो, नतिजा आजै आउने

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ९:८,

राष्ट्रियसभाको उपनिर्वाचनअन्तर्गत बिहीबार भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।

निर्वाचन आयोगले दिएकाे दिउँसो ३ बजेसम्मकाे समयमा ९७.४० प्रतिशत अर्थात् ३३८ मत खसेको छ। याेसँगै मतदानकाे समय सकिएकाे छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको जानकारी दिए।

प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७  छन्। तर ९ जना मतदाता उपस्थित भएनन्। त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घाेषणा गरेका थिए। 

११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए।

अब सर्वदलीय बैठक राखेर केही घण्टापछि नै मतगणना सुरु गर्ने उनले बताए।

नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो।

निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ। माओवादीले डा. देवकोटालाई मतदान गर्न ह्विप नै लगाएको थियो ।

यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

आजै नतिजा सार्वजनिक गर्ने तयारी छ।

प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad