राजनीति


राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु, छाता ओढेर गृहमन्त्री बादल मतदान स्थलमा

राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु, छाता ओढेर गृहमन्त्री बादल मतदान स्थलमा

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ३:४५,

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सुरु भएको छ।

हेटौंडा महानगरपालिका वडा नम्बर ४, भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सुरु भएको हो।

बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

नेकपा एमालेभित्रको विवादले चुनाव पेचिलो बने पनि वर्षा र कोरोना त्रासका कारण चुनावी चहलपहल खासै देखिएको छैन।

निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट एमालेकै माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन्।

दुवै उम्मेदवार र धेरै जना मतदाता बुधबारै हेटौंडा पुगेका छन्।

गृहमन्त्री बादल मतदान सुरु हुनुभन्दा अघि आज बिहानै भुटनदेवीस्थित मतदान केन्द्र पुगेका छन्।

एमाले बागमती प्रदेशका नेताहरूका साथ बुधबार हेटौंडा पुगेका गृहमन्त्री बादल होटल एभोकाडमा बसेका छन् भने उनका प्रतिस्पर्धी डा. देवकोटा कांग्रेसका मकवानपुर सभापति आनन्द पराजुलीको घर (पुष्पलाल पार्क) मा बसेका छन्।

यी पनि :

नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

उपनिर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने यस्तो छ तयारी

विवेकशील साझाले आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने, दियो ५ कारण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad