राजनीति


प्रवासी नेपालीलाई मताधिकार माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन

प्रवासी नेपालीलाई मताधिकार माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन

नेपालखबर
भदौ १, २०७६ आइतबार १५:२९,

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका नेपालीहरुले आफू कार्यरत देशबाटै संसदीय निर्वाचनमा मतदान र प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका छन्।

विदेशस्थित नेपालीहरूको मताधिकार र प्रतिनिधित्व तथा भारतस्थित नेपालीहरूको समस्याका बारेमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परराष्ट्रमन्त्री ज्ञवालीलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन्।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबार पुगी ज्ञापन बुझाएको हो।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको ज्ञापनमा विदेशस्थित नेपालीहरूको मताधिकार र प्रतिनिधित्वको विषय उठाइएको छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले बुझाएको ज्ञापनमा मताधिकारका साथै सिमानामा हुने लुटपाट लगायत भारतस्थित नेपालीका विभिन्न विषयहरू उठाइएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेशस्थित नेपालीहरूको मताधिकारको व्यवस्था मिलाइने आश्वासन दिएका छन्। उनले नीतिगत व्यवस्था भइसकेको र केही व्यावहारिक विषयहरू मिलाउन मात्रै बाँकी रहेको जानकारी दिए।

gyapan mool

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, केन्द्रीय सचिव ठाकुर खनाल र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कार्यालय सचिव प्रकाश थापा मगर सहितको प्रतिनिधि मण्डलले ज्ञापन बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .