सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको वरियतामा हेरफेर भएको छ।
आइतबार बसेको सचिवालय बैठकले दुई सचिवालय सदस्य माधवकुमार नेपाल र झलनाथ खनालको वरियता हेरफेर गरेको हो।
यो हेरफेरसँगै तेस्रो वरियतामा रहेका नेता नेपाल एक तह पछाडि पर्दै चौथोमा पुगेका छन् भने चौथो वरियतामा रहेका नेता खनाल तेस्रो वरियतामा आएका छन्।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वरियतामा हेरफेर गरेको बताए। उनले तस्रो वरियतामा खनाल र चौथोमा नेपाल रहने निर्णय बैठकले गरेको बताए।
पार्टी एकताका बेला आफू चीनमा रहेको र आफ्नो वरियता मिचेर नेपाललाई तेस्रो वरियतामा राखेको भन्दै नेता खनालले सो वरियता सच्याउँन माग समेत गर्दै आएका थिइ। वरियतालाई लिएर नेता खनालले नोट अफ डिसेन्ट समेत राखेका थिए।

प्रतिक्रिया