ad ad

राजनीति


राष्ट्रिय सभा चुनावमा साथ खोज्दै नेपाल निवास पुगे गृहमन्त्री थापा

राष्ट्रिय सभा चुनावमा साथ खोज्दै नेपाल निवास पुगे गृहमन्त्री थापा

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:४२,

गृहमन्त्री रामबहादुर थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगी भेट गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार रहेका थापा मंगलबार कोटेश्वरस्थित नेपालको निवास पुगी भेटवार्ता गरेका हुन्।

थापाका प्रेस संयोजक किरण भट्टराईले दुई नेताबीच पार्टीको आन्तरिक मामिला र जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा छलफल केन्द्रित रहेको बताएका छन्।

नेता नेपालले राष्ट्रिय सभाको निर्वाचनमा गृहमन्त्री थापालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थापालाई उद्धृत गर्दै भट्टराईले जनाएका छन्।

एमालेको असन्तुष्ट पक्षलाई नेतृत्व गरिरहेका नेता नेपालले यसअघि राष्ट्रिय सभा निर्वाचनमा संघीयताविद् डा. खिमलाल देवकोटालाई अघि सारेका थिए।

तर त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको छ।

राष्ट्रिय सभाको रिक्त पदमा एमाले पार्टीको एकमुष्ट मत पाएको अवस्थामा थापा नै निर्वाचित हुने संभावन छ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .