नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सहितको स्वास्थ्यकर्मीहरुको टोली गृहजिल्ला गोरखा आइपुगेको छ।
जिल्लाको विभिन्न स्थानमा कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यकर्मीहरु लिएर गोरखा पुगेको उनले बताए।
हिजो गोरखा आइपुगेको नेता श्रेष्ठको टिमले आज बिहान पालुङ्टार नगरपालिकाको आँपपिपल हस्पिटलमा ३१ जनाको एन्टिजेन परीक्षण गरेको छ।
उक्त परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको थियो।
उनीहरुलाई चिकित्सकले परीक्षण गरी औषधि र अन्य आवश्यक परामर्श दिइएको उनले जानकारी दिए।
नेता श्रेष्ठले आँपपिपल हस्पिटललाई केही स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेका छन्।
उनीहरूको टीम आजै सिराञ्चोक गाँउपालिकाको जौबारीतर्फ प्रस्थान गरेको छ।
उनीसँग दुई चिकित्सक, दुई जना ल्याबका कर्मचारी र एक स्वास्थ्यकर्मी छन्। टोलीले लक्षण देखिएका शंकास्पद बिरामीहरुको एन्टीजेन परीक्षण गर्नेछ।

प्रतिक्रिया