जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
यही जेठ ८ र ९ गते ललितपुरको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रभावशाली युवा नेता मोहम्मद इस्तियाक राईले नेपालखबरलाई जानकारी दिए।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। पार्टीभित्रको महत्वपूर्ण निर्णय गर्ने अधिकार सोही समितिमा छ।
पार्टीभित्र देखा परेको आन्तरिक विवाद हल गरेपछि कार्यकारिणी समितिको बैठक बोलाइएको हो। पुसपछि बैठक बसेको थिएन।
पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएपछि जसपा विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेका बेला मंगलबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गरेर सबै विवाद समाधान गर्ने उल्लेख गरेका थिए।
साथै जसपा सरकारमा पनि नजाने र आफूले सरकारको नेतृत्व गर्ने अवसर पाए अघि बढ्ने समेत निर्णय भएको छ।

Shares

प्रतिक्रिया