राजनीति


जसपा तत्काल सरकारमा नजाने, आफैँले नेतृत्व गर्न पाए अघि बढ्ने (संयुक्त वक्तव्य)

जसपा तत्काल सरकारमा नजाने, आफैँले नेतृत्व गर्न पाए अघि बढ्ने (संयुक्त वक्तव्य)

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ७:४५,

जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ।

तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि अघि बढ्ने निर्णय गरेको छ।

सो सहमतिबारे पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक संयुक्त वक्तव्य नै जारी गरेका छन्।

दुई नेताबीच समायोजन हुन नसकेका पार्टी कमिटी, भ्रातृ संगठनबीच समायोजन गर्ने पनि सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रप्त गर्न राखेको प्रस्तावमा पदाधिकारी बैठकले सहमति गरेर सांसदलाई स्वविवेकको अधिकार दिएको विज्ञप्तिमा उल्लेख छ।

तर यो अवसरलाई दूरुपयोग गरेर पार्टीका केही नेतृत्वबाट नै गुट-उपगुट खडा गर्नेगरी गुटवन्दी गर्दै संचारमाध्यमा दिएका अभिव्यति प्रति ध्यानाकर्षण भएको ठाकुर र यादवले बताएका छन्।

पार्टीका गतिविधि विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरुप गर्नु पर्ने उनीहरुको भनाई छ।

'पार्टीमा कसैले व्यक्तिगत स्वार्थ सिद्धगनर्का लागि गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलाई एकतावद्ध राख्नुपर्छ', विज्ञप्तिमा भनिएको छ।

 अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादद र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल अघि बढेको छ।

तीन नेताको पटक पटकको टेलिफोनवार्ता र आज विहान ठाकुर र यादवबीच भएको छलफलपछि तत्कालको मिलन विन्दु निकालिएको हो।

ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल भएको थियो।

यादवको पार्टी विभाजन रोक्न सहमति गरेर अगाडि बढौं भन्ने प्रस्तावमा ठाकुरले साथीहरुसँग छलफल गरेर पुन: बस्ने जवाफ दिएका थिए।

यस अघि यादवले कार्यकारिणी बैठक बोलाएपछि ठाकुरले त्यसप्रति आपत्ति जनाउँदै बैठक नबोलाएको विज्ञप्ति जारी गरेका थिए।

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेपछि यादवले संसदी दलको बैठक नबसेको र दलको नेता चयन नगरेको विज्ञप्तिमार्फत जनाएका थिए।

पछिल्लो समयमा दुबै अध्यक्षले पार्टीको छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका थिए।

 

Thakur Yadav joint statement 1

Thakur Yadav joint statement 2

यो पनिः
जसपा विवाद– तत्काललाई ‘युद्धविराम’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad