नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनबाट नेपाललाई दोस्रो खेपमा प्राप्त हुने अक्सिजन सिलिन्डरहरु नियमितरुपमा आउने क्रम जारी रहेको बताएकी छन्।
उनले दोस्रो खेपमा आउने सिलिन्डरहरु यसै साताभित्र काठमाडौं आइपुग्ने बताएकी छन्।
नेपाल एयरलाइन्समा सिलिन्डर राख्दै गरिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएकी हुन्।
चीनले नेपाललाई कोरोना संक्रमण सुरु भएदेखि परीक्षणका क्रममा चाहिने पीपीई, स्वाब संकलनका किट्सदेखि कोभिड १९ विरुद्धको खोप र केहि दिनयता अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायतका बिभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगस्वरुप प्रदान गर्दै आएको छ।
The second batch of oxygen cylinders provided by China under grant assistance is arriving successively within this week!!👏👏 pic.twitter.com/BIo6XXj9if
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 17, 2021
प्रतिक्रिया