खेल


यी सर्तहरु जसलाई मानेपछि मात्र नेमारले पीएसजीसँग नयाँ सम्झौता गरे...

यी सर्तहरु जसलाई मानेपछि मात्र नेमारले पीएसजीसँग नयाँ सम्झौता गरे...

नेपालखबर
जेठ २, २०७८ आइतबार ८:४१,

नेमार पीएसजीमा सन् २०२५ सम्म बस्ने सम्झौता भएको हो।

तर नेमारले पीएसजीसँग सम्झौता गर्न अगाडि केही सर्तहरु राखेका थिए। ती सर्तहरु पीएसजीले मानेपछि मात्र उनले सम्झौतामा हस्ताक्षर गरेको मार्काले जनाएको छ।

२९ वर्षे फरवार्ड नेमारले क्लबसँग टोकियो ओलम्पिक्स खेल्न पाउनुपर्ने सर्त राखेका थिए। साथै उनले कोपा अमेरिका पुरै समय खेल्न पाउनुपर्ने पनि क्लबसँग बताएका थिए।

टोकियो ओलम्पिक्स आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुनेछ भने कोपा अमेरिका जुन १४ देखि १० जुलाईसम्म हुनेछ।

यी दुवै ठूला प्रतियोगिता नेमारको छुट्टी र नयाँ सिजनको सुरुवातमा हुनेछ। उनले यी खेल खेलेपछि क्लबको खेलका लागि आराम पाउँदैनन् कि भन्ने पीएसजीलाई चिन्ता छ।

नेमार पीएसजीमा आएसँगै उनले क्लबलाई १० उपाधि दिलाउन मद्दत गरेका छन्।

यद्यपी च्याम्पियन्स लिग भने उनले जिताउन सकेका छैनन्। गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित भएको थियो, यसपटक भने पीएसजीको यात्रा सेमिफाइनलमै टुंगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad