चीनले नेपाललाई थप अक्सिजन सिलिन्डर पठाउन लागेको छ।
नेपाललाई सहायतास्वरुप दिन लागेको दोस्रो खेपको सिलिन्डर केहि दिनभित्रै काठमाडौं आइपुग्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्।
उनले काठमाडौं पठाउन चीनमा तयार पारेर राखिएका ती सामग्रीको तस्बिर पनि आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेकी छन्।
चीनबाट पहिलो खेपको सहयोगस्वरुप गत मंगलबार ४ सय थान अक्सिजन सिलिण्डर, १० भेन्टिलेटर, १ सय ७० अक्सिजन कन्सेन्ट्रेटरसहितका स्वास्थ्य सामग्री ल्याइएको थियो।
3
Shares
प्रतिक्रिया