राजनीति


मुलुकको राजनीति रहस्यमय बाटोमा : रामचन्द्र पौडेल

मुलुकको राजनीति रहस्यमय बाटोमा : रामचन्द्र पौडेल

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १०:१९,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौं संसय उब्जाएको उनले बताए।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकको राजनीति रहस्यमय बाटो अघि बढेको र सयौं संसयहरु उब्जाएको बताएका हुन्। उनले अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी नै रहेको दाबी गरे।

उनले भने, ‘झन रहस्यमय बाटो तिर जाँदै छ। धेरै संसयका कुराहरु छन्। पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ। त्यो कुरा कसरी समाधान हुन्छ। संसदले पुरा आयु बाँच्न पाउँछ कि पाउँदैन। संविधानले बाँच्न पाउँछ कि पाउँदैन। जनताले बाँच्न पाउँछ कि पाउँदैन। यस्तो कोरोना छ। यो कोरोनाको बीचमा लगेर फेरि तमासाहरु हुन थाल्यो भने फेरि जनता नै नबाँच्ने कुरा आउँछ। त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .